Connect with us
Kapilvast Forest

पोखरा विमानस्थललाई ४ अर्ब ४० करोड बजेट, निजगढमा २६ करोड

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थल आयोजनाहरुमा ऋण लगानी गर्दै आएको छ । आगामी आर्थिक वर्ष २०७९/८० मा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र ४ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार यस आयोजनामा चालु आवमा ५ अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ । गत आवमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ३ अर्ब ७ करोड २९ लाख रुपैयाँ बजेट खर्च गरेको थियो ।

 

आगामी आवमा प्राधिकरणमा सरकारले कुल १२ अर्ब २४ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये बारामा प्रस्तावित निजगढ विमानस्थलका लागि २६ करोड रुपैयाँ छुट्याएको छ । यो आयोजनालाई चालु आवमा ६३ करोड ३१ लाख रुपैयाँ बजेट राखिएको थियो । निजगढमा सरकारले गत आवमा भने ५० करोड रुपैयाँ खर्च गरेको थियो । हवाई पूर्वाधार अन्तर्गत दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामा २ अर्ब २० करोड रुपैयाँ विनियोजन भएको छ ।

यो पनि पढ्नुहोस
हवाई पूर्वाधारको बजेट झण्डै आधा घट्यो
भैरहवामा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै आयोजना भित्र पर्छ । यो आयोजनामा सरकारले दोस्रो टर्मिनल भवन निर्माण गर्ने कार्यक्रम आगामी आवमा राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधार गर्ने गरी आगाडि बढेको आयोजना हवाई पूर्वाधार यातायात क्षमता अभिवृद्धि कार्यक्रमलाई आगामी आवमा ३ अर्ब ४१ करोड रुपैयाँ छुट्याइएको छ ।

सरकारले बजेटमार्फत आगामी आवमा निर्माण सम्पन्न भएका विमानस्थलहरुको पूर्ण क्षमतामा सञ्चालन गर्ने भनेको छ । त्रिभुवन विमानस्थलमा ट्याक्सी वे र टर्मिनल भवन निर्माणको कार्यक्रम राखिएको छ । निजगढ विमानस्थलको निर्माणको मोडालिटी सम्पन्न गर्ने बजेटमा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu