Connect with us
Kapilvast Forest

टर्की देशको नाम अब टर्किये हुने

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

 

एजेन्सी-मायुरोपेली देश टर्की (Turkey) अब टर्किये (Turkiye) हुने भएको छ । टर्कीले नाम बदलेर टर्किये राख्नको लागि गरेको अनुरोधलाई संयुक्त राष्ट्र संघले स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकका अनुसार टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै यो निर्णय भएको हो ।विदेशमन्त्री काभुसोग्लुले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।

 

नाम परिवर्तन गर्नुको कारण

सन् १९२३ मा स्वतन्त्र भएदेखि नै देशको नाम टर्की राखिएको थियो । तर टर्कीलाई टर्किस भाषामा टर्किये भनिने गरेको छ ।तर अंग्रेजीमा टर्कीको अर्थ फरक छ । गुगलमा टर्की (Turkey) सर्च गर्दा भेटिने तस्वीरले नै यसबारेमा स्पष्ट हुन सकिन्छ । अर्थात गुगलमा टर्की खोज्दा ल्याटिन अमेरिकाको पंक्षी टर्की भेटिन्छ ।

क्याम्ब्रिज डिक्सनरीमा पनि टर्कीको अर्थ फरक छ । क्याम्ब्रिज डिक्सनरीले टर्कीको अर्थ बेबकुफ वा मुर्ख जनाउँछ ।

त्यसैले टर्कीले देशलाई अंग्रेजी नामबाट नभइ स्थानीय नामबाट नै चिनाउनका लागि राष्ट्र संघमा नाम परिवर्तनको प्रस्ताव राखेको थियो । यसअघि नै टर्कीका विभिन्न संघ संस्थाले आफ्नो नाममा टर्किये प्रयोग गर्न थालेका छन् ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu