Connect with us
Kapilvast Forest

विश्व वातावरण दिवसमा साईकल र्‍याली

२०७९, २१ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौं- विश्व वातावरण दिवसको अवसरमा आज शनिबार काठमाडौंको बसन्तपुरबाट साईकल र्‍याली निकालिएको छ ।‘वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ निकालिएको साईकल र्‍यालीमा वातावरणसँग सरोकार राख्ने विभिन्न संघसंस्थाको सहभागिता थियो ।

 

र्‍यालीको उद्घाटन गर्दे काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले प्रकृति रहे मानव जीवन रहने भन्दै प्रकृतिको संरक्षणमा लाग्न सबैसँग आग्रह गर्नुभयो । जलवायु परिर्वतनको असर अहिले विश्व समुदायले भोग्नु परेको भन्दै उहाँले वातावरण र प्रकृतिको संरक्षणमा जुट्दै यसको असर न्यूनिकरणमा लाग्नु पर्ने बताउनुभयो ।

मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्माले जलवायू परिर्वतनको असर नेपालमा पनि देखा पर्न थालेको र यसले मानवजीवनमा प्रत्यक्ष असर पारेको भन्दै युवा जगतलाई सचेत हुन आग्रह गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu