Connect with us
Kapilvast Forest

एमालेले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन : सचिव विश्वकर्मा

२०७९, २१ जेष्ठ शनिबारमा प्रकाशित

 

 

काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्तारुढ गठबन्धनमा आफ्नो प्रभाव कायम राखिराख्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्री अफर गरेको हल्ला फैलाएको बताएका छन् ।

१७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले भित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको तर गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न दाहाल र नेपालले सो हल्ला फिजाएको टिप्पणी गरे ।

 

‘पार्टीले बाहिर चर्चा भएजस्तो कसैलाई पनि प्रधानमन्त्री बनाउने भनेर छलफल गरेको छैन । तर, गठबन्धनमा आफ्नो हातमाथि पार्न प्रचण्ड माधव नेपालले त्यस्तो हल्ला चलाइरहेका छन । त्यो होइन । हामी आफ्नै शक्ति र सामथ्र्य परिचालन गरेर आगामी निर्वाचनको तयारी गर्छौं’ उनले भने ।

नेता विश्वकर्माले पार्टीभित्र असन्तुष्ट नेता, कार्यकर्ताको मागलाई सम्बोधन गरेर आफूहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्ने बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu