Connect with us
Kapilvast Forest

मन्त्री हेरफेरबारे नेकपा एसमा छलफल, शीर्ष नेतालाई जिम्मेवारी

२०७९, २२ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं -नेकपा एसको आज बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरको विषयले प्रवेश पाएको छ । हिजोदेखि चलिरहेको बैठकअन्तर्गत आज यो विषयले प्रवेश पाएको हो ।

 

सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको जानकारी दिँदै नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको बताए ।

‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू (शीर्ष नेता) ले नै गर्नुहुन्छ ।’

 

अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित सो पार्टीबाट ५ जना मन्त्री छन् ।

आफूलाई मन्त्रीबाट हटाए पार्टी छाड्ने भन्ने केही मन्त्रीले चेतावनी दिइरहेको भन्ने चर्चाको विषयमा पत्रकारले सोधेको प्रश्नमा पार्टी निर्णय सबैले मान्नुपर्ने उपमहासचिव तुलाधरले बताए ।

उनले भने, ‘मैले चेतावनीको कुरा सुनेको छैन् । जिम्मेवार नेताहरूले त्यसो भन्न मिल्दैन् । पार्टी सरकारमा सामेल हूँदा पार्टीले पठाएको हो । पार्टीले अर्कोलाई पठाउने चाहना राख्दा उहाँहरूले स्वीकार्नुहुन्छ ।’

बाम गठबन्धनको चर्चाका विषयमा बैठकमा कुनै छलफल नभएको तुलाधारले बताए ।हामी बैठकको फस्ट आवरदेखि नै यसै गठबन्धनलाई अगाडि बढाउने कुरामा प्रष्ट छौ,’ उनले भने,‘बामगठबन्धन सुन्दाखेरी सुन्दा असाध्यै राम्रो लाग्ने कुरा हो । इमान्दारिता भएन भने नराम्रो हुदो रहेछ भनेर थाहा भइसकेको छ । त्यसैले त्यो सम्भव छैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu