Connect with us
Kapilvast Forest

मन्त्री हेरफेर नियमित प्रक्रिया : माधव नेपाल

२०७९, २२ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं -नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन्।

नेकपा समाजवादीको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको थियो।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्री थिए। उनीहरू सबैलाई फिर्ता बोलाइएको छ। स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङको भने बढुवा भएको छ।

नयाँ मन्त्रीमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकासमन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नेछन्। निर्णयबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भन्ने तय गरिएको बताए।

‘उहाँहरूलाई मन्त्री बनाउँदा ६ महिनाका लागि भनेका थियौं। यो नियमित प्रक्रिया हो’, नेपालले भने।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu