Connect with us
Kapilvast Forest

काठमाडौंको फोहोर विसर्जनबारे एमालेले माग्यो सरकारको धारणा

२०७९, २५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् ।

काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय बनिसकेको बताए ।

 

आजको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै श्रेष्ठले फोहोर कहिले उठ्छ भनेर तालुकदार मन्त्रालयबाट सरकारको आधिकारिक जानकारी सदनलाई गराउनुपर्ने माग गरे । तत्काल फोहोर नउठे काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिंदै उनले भने, ‘तालुकदार मन्त्रालयबाट यस सम्बन्धमा सत्यतथ्य जानकारी आओस् । यस सम्बन्धमा सभामुखबाट रुलिङ चाहन्छु ।’

अन्तर्राष्ट्रिय नियोगहरुले महामारीको जोखिम रहेकाले अत्यावश्यक नभएसम्म बाहिर ननिस्किन आग्रह गर्दै आन्तरिक रुपमा सर्कुलर गरेको आफूले बुझेको भन्दै श्रेष्ठले यो लज्जाको विषय भएको बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu