Connect with us
Kapilvast Forest

गुल्मीमा ढुंगाले लागेर स्कुल जाँदै गरेका विद्यार्थीको मृत्यु

२०७९, २६ जेष्ठ बिहीबारमा प्रकाशित

death

गुल्मी – गुल्मीमा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको मृत्यु भएको छ ।मुसिकोट नगरपालिका वडानम्बर-३ निवासी १४ वर्षका गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

मृतक रायमाझी बिहीबार बिहान स्कुल जाने क्रममा निर्माणकार्य चलिरहेको सडकमा डोजरले फालेको ढुंगाले लागेर घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रायमाझीको सव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान र डोजर चालकलाई नियन्त्रणमा लिइएको डिएसपी खरेलले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu