Connect with us
Kapilvast Forest

सुन सहित विमानस्थलबाट ३ जना पक्राउ

२०७९, २९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका छन् ।

जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको जनाएको छ ।

प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक/एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu