बार्षिक उत्सवमा माहुली लघुबित्त संस्थाद्धारा बृक्षारोपण
कपिलवस्तु
नऔ बार्षिक उत्सवको अवसरमा कपिलवस्तु नगरपालिका– २ ट्राफिक कार्यालयको छेउमा रहेको माहुली लघुबित्त बित्तीय संस्था लिमिटेडले बृक्षोरोपण गरी मनाएको छ । तौलिहवा स्थित रत्नराज्य उमाबिमा रहेको खाली जग्गाका बिभिन्न प्रजातिका ५० बढी बिरुवाहरु रोपिएको हो ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बिरुवा रोपेर कार्यक्रमको उदघाटन गर्दै रचनात्मक काम गरेकोमा लघु बित्त संस्थाालाई धन्यबाद दिदै नगरलाई स्वच्छ हराभरा बनाउन सबैले सहयोग गर्नु पर्ने बताए । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै गरिएको यो काम प्रशंसनीय रहेको भन्दै उनले बुद्धनगरीलाई सुन्दर बनाउन सबै लाग्नु पर्ने बताए ।
उनले नगरपालिकाले नगरलाई सुन्दर र नुमना बनाउने अभियानमा लागेको बताए । कार्यक्रममा गोलमेरी, कल्की, जेकन्डा लगायतका जातका बिरुवाहरु रोपिएका थिए । लघुबित्त संस्थाका शाखा प्रमुख लाल किशोर मन्डलले लघु बित्त संस्थाले ५ बर्षमा २ लाख बढी बिरुवा रोप्ने अभियान थालेको बताए । उनले सबै मिलेर सुन्दर नगरीलाइ स्वच्छ र हराभरा बनाउनु पर्ने बताए ।
कार्यक्रमामा प्रहरी उपरिक्षक दान बहादुर कार्की प्रहरी नायब उपरिक्षक जेशी शाह वडा नम्बर १ का वडाध्यक्ष जाहिद खा, बिद्यालयका प्रअ दिवाकर चौधरी, केन्द्र प्रमुख सिपी चौधरी लागयत ५० बढीको सहभागीता थियो ।