Connect with us
Kapilvast Forest

शेयर बजार निरन्तर गिरावट, दाेहाेराे अंकले घट्याे

२०७९, ३० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडाै – आर्थिक वर्ष २०७९-८०काे बजेट भाषणपछि शेयर बजार निरन्तर ओरालो लागिरहेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार ३२ दशमलव ३४ अंकमा पुगेकाे छ।

सबै समूहको शेयरमा गिरावट आउदा कारोबार रकम पनि घटेको छ ।

दुई सय ३० वटा कम्पनीकाे २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै सानिमा बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भयो। मानुषी लघुवित्त, बुद्धभूमि हाइड्रो र ओरिएन्टल होटलको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu