Connect with us
Kapilvast Forest

एक जना जनप्रतिनिधिसमेत नपाएको सुरेल समुदायको गुनासो

२०७९, ३१ जेष्ठ मंगलवारमा प्रकाशित

दोलखा- दोलखाको उत्तरी दुर्गम सुरीगाउँमा मात्र रहेका लोपोन्मुख सुरेल समुदायले स्थानीय तहको निर्वाचनमा आफूहरूले एक जना जनप्रतिनिधिसमेत नपाएको गुनासो गरेका छन् । दोलखाको गौरीशङ्कर गाउँपालिका–५, सुरीमा रहेका लोपोन्मुख सुरेल समुदायका कुनै व्यक्ति पनि पालिका सदस्यसमेत बन्न नपाएको उनीहरूको गुनासो रहेको छ ।

“भोट माग्न आएका दललाई हामीले भने भोट दियौँ तर आफ्नै समुदायलाई भने भोट दिन नि पाइएन, कार्यपालिका सदस्यसमेत पनि बन्न पाइएन,” आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा स्थापना भएको सुरेल जाति उत्थान समाज सुरीका अध्यक्ष सुवास सुरेलले गुनासो पोख्दै भन्नुभयो, “कुनै दलले पनि हामीलाई ठूलो पद त छोडौँ, सदस्यसम्म पनि पत्याएनन् । अल्पसङ्ख्यकसम्म पनि नहुँदा कार्यपालिकामा पनि सहभागी हुन पाइएन । लोपोन्मुखले सहभागी हुने व्यवस्था रहेनछ ।”

चुनावी चटारोभन्दा पनि घरआँगनको सरकारको सचेतना ठूलो मान्दै गाउँका बालबालिकादेखि वृद्धवृद्धासमेतले बहस त चलायौँ । मेलापात, घर निर्माण आदि काम गर्न छाडेर स्थानीय सरकारमा आदिवासी जनजातिको कसरी पहुँच पु¥याउने भन्दै बहस पनि गरेका हौँ तर कहीँ कतैबाट पनि सहभागी नै हुन पाइएन, रमेश सुरेलको कथन रहेको छ ।

नेकपा एमाले गौरीशङ्कर गाउँपालिकाका सदस्यसमेत रहेका रमेश सुरेलका अनुसार उहाँलगायत नेपाली कांग्रेसका भीमबहादुर सुरेल, नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य रवीन्द्र सुरेल र विकास सुरेललगायत सुरेल समुदायको अगुवाका रूपमा चिनिन्छन् । तर, स्थानीय तहको यो चुनावमा कुसैले पनि टिकटसम्म नपाएको उहाँहरूको गुनासो छ ।

२०४३ सालमा गाउँका हर्कबहादुर सुरेलले उपप्रधानपञ्चमा दुई मतले हार्नुभएको थियो । त्यसपछि कसैले पनि उम्मेदवारी दिने मौका नै पाएका छैनन् । सरकारी क्षेत्रमा अहिलेसम्म दुई जनाले मात्र सेवा गर्न पाएका छन् ।

राजनीति क्षेत्रमा इच्छा र सशक्त उम्मेदवार हुँदा पनि ठूला भनाउँदा कुनै पार्टीले पनि वास्ता नगरेपछि निराश बन्न पुगेको छ पूरै बस्ती । भोट चाहिँदा हामीलाई झन्डा बोकाउने तर कसैलाई चुनावमा अवसर दिँदैनन्,” गाउँले गुनासो पोख्छन् ।

उनीहरू यदि वडा सदस्यको मात्र टिकट पाउने भए पनि यो पार्टी र ऊ पार्टी नभनी ८० भोट नै उही पार्टीलाई दिनेसमेत बताउँछन् । अब फुट होइन, एकजुट भएर लाग्ने प्रतिबद्धतासमेत जनाएका छन् । साबिक सुरी–८ मा बसोबास गर्ने सुरेलका ९२ घरधुरी छन् । लोपोन्मुख सूचीको १० भित्र पर्ने उनीहरूको जनसङ्ख्या २३५ र मतदाता भने ८० मात्र रहेको तथ्याङ्कले देखाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu