Connect with us
Kapilvast Forest

यस्तो छ, आजको मौसम पूर्वानुमान, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

२०७९, ३ असार शुक्रबारमा प्रकाशित

arghakhanchi narpani

शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिबार राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही, लुम्बिनीका थोरै र अन्य प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj