Connect with us
Kapilvast Forest

पार्टी निर्णय कार्यान्वयन गर्न नेपालको आग्रह

२०७९, १० असार शुक्रबारमा प्रकाशित

काठमाडौं-नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले सरकारबाट फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

शुक्रबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले भोलिसम्ममा पार्टीको निर्णय कार्यान्वयन हुने बताएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘पार्टीको निर्णय कार्यान्वयन हुन्छ,’ बैठकपछि पत्रकारसित खतिवडाले भने, ‘आज, भोलिभित्रै कार्यन्वयन हुने कुरा भएको छ । उहाँले (नेपालले) केन्द्रीय कमिटी बैठकमा धेरै कुरा भन्छु भन्नु भएको छ ।’

उनले थपे, ‘हामीले गरेको निर्णय आफैं कार्यान्वयन गर्न लाग्नुहोस् भन्ने सुझाव दिनु भएको छ ।’ सरकारबाट फिर्ता हुन आनाकानी गर्दै हाल एकीकृत समाजवादीबाट मन्त्री भएका सहित १० सांसदले अध्यक्ष नेपालले ध्यानाकर्षण गराएका थिए । अध्यक्ष नेपालले भने यी सुझाव भविष्यमा काम लागे पनि अहिले निर्णयमा परितर्वन नहुने बताएको खतिवडाले जानकारी दिए ।

बैठकमा अध्यक्ष नेपालले अघिल्लो पटक जसो अबको चुनावमा गठबन्धन मात्रै नभन्ने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्न निर्देशन दिएको उनले बताए। ‘गठबन्धनलाई प्राथमिकता पनि दिन्छौं तर, गठबन्धन सबैचिज हो भनेर लाग्दैनौं,’ बैठकमा नेपालको भनाइ उदृत गर्दै खतिवडाले भने, ‘सबै ठाउँमा उम्मेदवारी दिन तयारी गर्नुहोस् भन्नुभएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu