Connect with us
Kapilvast Forest

पाल्पा–बुटवल सडक अवरूद्ध

२०७९, १४ असार मंगलवारमा प्रकाशित

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरूद्ध भएको छ। अविरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरूद्ध बनेको हो।

आज बिहानैदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि अहिले पानी परिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ।

लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा यात्रुलाई कठिनाइ परेको छ। सडक बन्दले यस राजमार्ग भएर गुड्ने कुनै पनि सवारीसाधन चलेका छैनन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj