Connect with us
Kapilvast Forest

बुबाको नागरिकतामा छोरोको हस्ताक्षर, कपिलवस्तुका कुर्मी समुदाय हर्षित

२०७९, १४ असार मंगलवारमा प्रकाशित

    न्युजसेन्टर नेपाल– कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ गैडहवाका सुरेन्द्र मणि चौधरी (कुर्मी)को नागरिकतामा उनकै छोराको हस्ताक्षर गरि नागरिकता जारी गरेका छन ।

    सुरेन्द्रमणीका छोरा राकेश कुमार चौधरी प्रशासकिय अधिकृत पदमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहेका छन् ।
    आफ्नै छोरो प्रशासकीय अधिकृत हुदा सुरेन्द्र मणिले नागरिकताको प्रतिलिपी लिदा छोराले हस्ताक्षर गरेका हुन् ।

    कपिलवस्तुको महाराजगन्ज नगरपालिका ९ शिवभारी मा.बि को प्रधानाध्यापक समेत रहेका सुरेन्द्रमणी चौधरी छोराद्वारा हस्ताक्षरित नागरिकता पाउँदा खुसी ब्यक्त गर्नु भएको छ ।
    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका राकेश कुमार चौधरी राम्रो स्थानमा पुगेकाले कुर्मी समुदाय हर्षित भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj