Connect with us

वर्षाका कारण झापामा विद्यालयहरु बन्द

२०७९, १५ असार बुधबारमा प्रकाशित

झापामा अविरल वर्षाका कारण विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवतजावतमा समस्या हुन थालेपछि झापाको हल्दिबारी गाँउपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन् ।

झापाका अधिकांश पालिका वर्षाका कारण प्रभावित भएपछि स्वतःस्फूर्त रुपमा विद्यालयहरु बन्द भएका छन् । विद्यालयहरुमा विस्थापितहरुलाई राख्न थालिएसँगै विद्यालयहरु बन्द हुन थालेका हुन् । वर्षा कम नभएसम्मका लागि विद्यालय बन्द भएका हुन् ।

हल्दिबारी गाँउपालिका अध्यक्ष रवीन्द्र लिङ्देनकाअनुसार लगातरको वर्षाले सडकहरु भत्केका कारण बालबालिकाहरुलाई हिँड्डुलमा समस्या हुनसक्ने भएकाले यस्तो निर्णय गरिएको हो । विद्यालय लगाउने वा विद्यार्थीहरु विद्यालय आएर पठनपाठन गर्ने अवस्था नभएर विद्यालय बन्द गरेका छाँै, उहाँले भन्नुभयो ।

विद्यायलसम्म विद्यार्थीहरु आउन सक्ने अवस्था नरहेकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्न सबै विद्यालयहरुलाई भनिएको नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu