Connect with us
Kapilvast Forest

जिता नदीमा बाढी- २५ घर उच्च जोखिममा

२०७९, १६ असार बिहीबारमा प्रकाशित

अविरल- वर्षासँगै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको जिता नदीमा आएको बाढीले दुई ठाउँमा बाँध कटान गरेपछि २५ घर बाढीको उच्च जोखिममा परेका छन् । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर-  ५ को बर्साइनको टोलस्थित खोलाले करिब- ५ मिटर बाँध कटान गरेपछि सो क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् ।

यसैगरी वडा नम्बर-  ७ मा गत वर्षाले भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ । वडा नम्बर- १ तिलाठीस्थित खाँडो खोलाको पश्चिमी बाँधमा कटान सुरु भएको स्थानीयले बताए ।

वडा नम्बर- ७ र वडा नम्बर-  १ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य बुधबारबाटै सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताए।

बाँध भत्किएको ठाउँहरूको बुधबार बिहानै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा नम्बर ५ का वडाध्यक्ष ललनप्रसाद राउत, इन्जिनियर भास्कर प्रसाद सिंहसहितको टोलीले निरीक्षण गरी आवश्यक मर्मत सम्भारको व्यवस्थापन गर्न निर्देशन दिएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu