Connect with us
Kapilvast Forest

ओली, प्रचण्ड र माधवलाई भेटेपछि वामदेवको दाबी– कम्युनिस्ट एकता गर्न हामी सबै सहमति नजिक छौँ

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ गठन गरेसँगै वामदेव गौतम राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । यसै क्रममा नेता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गौतमले तीनजनै नेतासँग बिहीबार भेटवार्ता गरेका हुन् । उनले राजनीतिक भेटघाट जारी रहने समेत जनाएका छन् ।

ओली, प्रचण्ड र नेपालसँगको भेटवार्तापछि नेता गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा सवै सहमति नजिक रहेको दावी गरेका छन् ।
‘मैले बिहीबार तीन पार्टीका अध्यक्ष केपी ओली, प्रचण्ड र माधव नेपाललाई भेटेँ’, गौतमले शुक्रबार बिहान रातोपाटीसँग भने, ‘मेरो भेटघाटको उद्देश्य कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नु हो र त्यो प्रस्ताव उहाँहरुसमक्ष राखेको छु ।’,

गौतमले आफ्नो प्रस्तावमा ओली मौन रहेको तर अन्य दुई नेताले सकारात्मक जवाफ दिएको बताए ।
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने सवालमा हामी सवै सहमति नजिक छौ’, गौतमको भनाइ छ । उनले अहिले धेरै कुरा आफुले नभन्ने भन्दै कम्युनिस्ट आन्दोलन एकतावद्ध बनाउनु सवैका लागि आवस्यक भएको प्रतिक्रिया दिए ।

नेताहरूसँगको भेटवार्तापछि गौतमले आफ्नो पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए ।
सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu