Connect with us
Kapilvast Forest

पाँचथरमा पहिरोले पुरिएर तीन जना बेपत्ता

२०७९, १८ असार शनिबारमा प्रकाशित

पाँचथर- लगातार परेको बर्षाका कारण पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिन रातमाटेस्थित रुपलाल मगरको घर पहिराले बगाउँदा ४५ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा उनकी श्रीमती ४५ वर्षीया गोमा मगर र १९ वर्षीया नातिनी भतिजी एलिसा मगर रहेको प्रहरीले जनाएको छ । घरमा रहेका चार जनामध्ये रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर सुरक्षित भएकाे जानकारी प्राप्त भएकाे छ । शुक्रबार राति गएको पहिरोले रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलमा उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu