Connect with us
Kapilvast Forest

संयुक्त राष्ट्रसंघको मुख्यालयमा – प्रधानसेनापति

२०७९, १८ असार शनिबारमा प्रकाशित

मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरूले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले मुख्यालयका सैन्य सल्लाहकार जेनरल बिरामे डिओप, अन्डर सेक्रेटरी जेनरल जिन पिएरी ल्याक्रोइक्स, अतुल खारे र रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका छन् । छलफलमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरूका बारेमा छलफल तथा विचार विमर्श गरेको नेपाली सेनाले जनाएको छ ।

शर्मा तथा भ्रमण दलका सदस्यहरू भ्रमण सम्पन्न गरी असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै यूएन मिसनहरूको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरू सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu