Connect with us
Kapilvast Forest

घरेलु हिंसा पीडितलाई अधिकारकर्मी र प्रहरीको सहयोगमा घरमा पुनःस्थापना

२०७९, १८ असार शनिबारमा प्रकाशित

इनरुवा- सुनसरी सदरमुकाम इनरुवा नगपालिका ७ का एक महिलालाई घर निकाला गरिएकोमा महिना दिनपछि घरमा पुनःस्थापित गराइएको छ । सुनसरी जिल्ला अदालतमा पशुपति सिंह समेतलाई विपक्षी बनाएर असार १० गते घरेलु हिंसा मुद्दा दिनुभएा इनरुवा नगपालिका ७ की २५ वर्षीया रविताकुमारी चौधरीलाई असार १२ गते घरमै बस्न र मासिक १५ हजार रुपियाँ खर्च व्यहोर्न अन्तरिम आदेश दिएकाले घरमा पुनःस्थापित गराइएको हो ।
अदालतको आदेशलाई कार्यान्वयन गर्न गैरसरकारी संस्था महासंघ, इन्सेक सुनसरी र ओरेकसहितका संस्थाहरुले जिल्ला प्रहरी कार्यालय, सुनसरीलाई आग्रह गरेकोमा प्रहरीले पीडितको घरमा पुनःस्थापित गराएको हो ।

पीडित रविताकुमारी चौधरीले दुईवर्षे बालकलाई काखी च्याप्दै न्यायको ढोका ढक्ढकाउन पुग्नुभएकाले असार १२ गते सुनसरी जिल्ला आदालतका न्यायाधीश हेमबहादुर सेनको आदेशमा पीडितलाई पीडकबाट भरणपोषण बापत खर्च मासिक १५ हजार रुपियाँ दिनु, घरमा रहनबस्न दिनु, खान लाउन दिनु, शिष्ट र सभ्य व्यवहार गर्नु, कुटपिट नगर्नु नगराउनु, नाबालक छोराको शिक्षालगायत पालनपोषणको लागि आवश्यक व्यवस्था मिलाउनु, शारीरिक र मानसिक यातना नदिनु र पीडितलाई अन्य घरेलु हिंसाजन्य कार्य नगर्नु नगराउनु भनी घरेलु हिंसा (कसुर र सजाँय) ऐन २०६६ को दफा ६ बमोजिम पीडकको नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी भएको थियो ।
त्यस आदेशलाई पनि पालना गर्न पीडितका सासु पशुपति सिंह, श्रीमान सुमनकुमार सिंह र नन्द समेतले अस्विकार गरेकाले सो विषयलाई लिएर प्रहरी र अधिकारकर्मीसमक्ष पीडित पुग्नुभएको थियो ।

गैसस अध्यक्ष मेघराज न्यौपाने, ओरेका शान्ति दनुवार, इन्सेकका जयकृष्ण यादव र अधिकारकर्मी सरिता घिमिरेसहितले पहल गर्दा शनिबार घरमै बस्ने वातावरण मिलेको हो ।शनिबार प्रहरी निरीक्षक दलकुमार राईको कमाण्डमा खटेको प्रहरीले परिवारलाई सम्झाई बुझाई पुनःस्थापित गराएको हो ।
पीडितलाई घरमै बस्नका लागि वतावरण मिलाउन वडाध्यक्ष हिम्मत सिंह, पूर्व वडाध्यक्ष किशोर सिंह र वडा सदस्य जयकुमार सिंहसहित गाउँमा पहल गर्नुभएको थियो । सुनसरीमा घरेलु हिंसा, बहुविवाह, बालविवाह, जबरजस्ती करणी, अंशबन्डा विवाद, पारिवारिक हिंसा, यौनजन्य हिंसा, गालीगलौजसहितका घटना एकपछि अर्को गरी बढेको इन्सेक सुनसरीको तथ्याङ्कमा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu