Connect with us
Kapilvast Forest

भालुको पित्त- सहित २ पक्राउ

२०७९, १९ असार आईतवारमा प्रकाशित

pakrau-

काठमाडौं- भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५३ को हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। ३ बस्ने वर्ष ३२ को भजिन्द्र दर्जी रहेका प्रहरीले जनाएको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी, नयाँबस्ती उनीहरुलाई पक्रेको हो ।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु २ थान फेला परेको ब्यूरोका उपनिर्देशक श्यामकुमार महतोले बताएका छन् ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाएको प्रहरीले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu