Connect with us
Kapilvast Forest

श्रमदानमा बन्यो रारा पुग्ने पदमार्ग

२०७९, १९ असार आईतवारमा प्रकाशित

मुगु- जिल्लाका सरोकारवाला निकायको सक्रियतामा रारातालमा जाने छोटो रारा पर्यटकीय पदमार्ग निर्माण भएको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा सो पदमार्ग निर्माण भएको हो ।

गमगढी बजारदेखि रारा जोडने छोटो पदमार्गमा रमणीय दृश्य अवलोकन गर्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो । उहाँका अनुसार पुरानो हिड्दैगरेको बाटोबाट रारा तालमा पुग्न झन्डै दुई घण्टा समय लाग्ने भएपनि नयाँ पदमार्ग निर्माण भएपछि ताल पुग्न १५ मिनेट समय लाग्नेछ ।

नयाँ पदमार्ग बाटो लामाचौरदेखि रारातालसम्म जम्मा २० मिटरको बाटो खनेर सम्पन्न गरिएको छ । महतका अनुसार नयाँ पदमार्ग निर्माण कार्य २० मिटरको लम्बाईमा सम्पन्न गरिएको छ ।

बाटो खन्ने कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल, नेपाल रेडक्रस रारा मध्यवर्ती समितिको कार्यालयका प्रतिनिधि, जिल्ला नागरिक समाजका संयोजक, रारा राष्ट्रिय निकुञ्ज लगायत सरकारी कार्यालयका कर्मचारी गरी ७५ जनाले श्रमदान गर्नुभयो । शनिवार पदमार्ग सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj