Connect with us
Kapilvast Forest

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

२०७९, २० असार सोमबारमा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो भेटघाट गरेका हुन्।

गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए।

राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने बताएका थिए।भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu