Connect with us
Kapilvast Forest

प्रचण्डले बनाइछाडे छोरी-ज्वाइँलाई माओवादी केन्द्रीय सदस्य

२०७९, २० असार सोमबारमा प्रकाशित

आइतबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा नेकपा (माओवादी केन्द्र) का मनोनीत केन्द्रीय सदस्य जीवन आचार्यलाई अरू केन्द्रीय सदस्यले घेरेका थिए।आचार्यले आइतबार नै सुरू भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटी सदस्यको सपथ लिएका थिए।

अलि पर रहेका एक केन्द्रीय सदस्यलाई मैले सोधें,‘जीवन आचार्य जनयुद्धदेखिकै माओवादी हुन्?’जवाफमा उनले भने- यिनलाई जनयुद्धको ‘ज’ पनि थाहा छैन।‘उनी कहिलेका माओवादी हुन् त?’ती केन्द्रीय सदस्यले भने, ‘उनी बिहे गरेपछिका माओवादी हुन्। बरू यो कुरा लेख्दिनु न।’

आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी छोरी गंगा दाहालका श्रीमान हुन्। २०६४ मा उनीहरूबीच विवाह भएको हो। विवाहपछि मात्रैआचार्य माओवादीसँग जोडिएका हुन्। उनको पृष्ठभूमि कांग्रेस हो।उनै आचार्य आइतबार माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका हुन्। उनीसँगै प्रचण्ड पुत्री गंगा पनि केन्द्रीय सदस्य बनेकी छन्।

प्रचण्डले गत फागुनमै छोरी-ज्वाइँलाई केन्द्रीय सदस्य बनाउन खोजेका थिए। पार्टीमा व्यापक विरोध भएपछि उनी पछि हटे।यसपालि भने उनले नामै नपढी आफ्ना छोरी-ज्वाइँलाई समेत केन्द्रीय सदस्यको सूचीमा राखिदिएका छन्।गत फागुनमा प्रचण्डले गंगा र जीवनको नाम लिँदा अरू दुई ज्वाइँलाई किन अन्याय गरेको होला भनेरसमेत केही केन्द्रीय सदस्यले आपसमा कुरा गरेका थिए।

यसपालि पनि प्रचण्डका छोरी-ज्वाइँलाई केन्द्रीय सदस्य बनाउने निर्णयको घुमाउरो तरिकाले विरोध गरेका छन्।आइतबारको बैठकमा बोल्नेक्रममामाओवादीकी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले पार्टी अध्यक्षलाई परिवारवादको आरोप किन आइरहेको छ भनेर प्रश्न गरेकी थिइन्।गंगा र जीवनको योग्यता भनेको प्रचण्डको छोरी-ज्वाइँ मात्रै भएको माओवादीका एक केन्द्रीय सदस्यले टिप्पणी गरे।
‘रेनु दाहालका पक्षमा हामी जुनसुकै ठाउँमा बहस गर्न सक्छौं किनकी उहाँ जनयुद्धमै रोल्पाको सेक्रेटरीको भूमिकामा हुनुहुन्थ्यो,’ ती
केन्द्रीयसदस्यलेभने,’प्रकाश दाहालको निधन नहुँदासम्म गंगा गृहिणी मात्रै हुनुहुन्थ्यो। अर्को कुरा सचिवालयमा जागिर खानु र पार्टीको केन्द्रीय सदस्य हुनुमा धेरै फरक छ।’

हिजोआज प्रचण्डलाई भेट्न खुमलटारमा जादासमेत गंगा र जीवनलाई चित्त नबुझाई जान नसकिने गुनासो पार्टीमा बढेको ती केन्द्रीय सदस्यको भनाइ छ।
प्रचण्डलाई परिवारवादको आरोप लागेको यसपटक मात्रै होइन। राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको कोटामा समेत प्रचण्डले आफ्ना नजिकका भाइ नारायण दाहाललाई पठाएका थिए। दाहाल पार्टीमै लामो समदेखि क्रियाशील रहेको भए पनि उनले प्रचण्डकै भाइ भएका कारण अवसर पाएको गुनासो पार्टीमा छ।

कुनै कमिटीमा आवद्ध नभएकी प्रचण्डकी नातिनी सृष्टी केसी अखिल क्रान्तीकारीको केन्द्रीय सदस्य बनेकी छन्।पदाधिकारी गठनमा विरोध गरिरहेका उपाध्यक्ष पवन कार्कीलाई प्रहरी लगाएर निकाल्ने अनि प्रचण्डकी नातिनीलाई केन्द्रीय सदस्य बनाइनु गलत रहेको तर्कसमेत केन्द्रीय सदस्यहरूले गरेका छन्।

असन्तुष्ट बनेका कार्कीले समानान्तर कमिटी गठन गरेका छन्।’कार्कीलाई निकाल्न लगाउने पनि प्रज्ञा भवनमै छन् अनि उनलाई उकास्ने पनि यहीँ छन्,’ एक केन्द्रीय सदस्यले भने,’प्रचण्डले सबैतिर हात हाल्न खोज्दा संगठनहरू ध्वस्त भए। यस्तो पाराले पार्टी कसरी चल्छ होला।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu