Connect with us
Kapilvast Forest

केन्द्रीय सदस्यहरुको दवावपछि पदाधिकारीको : होमवर्कमा प्रचण्ड

२०७९, २१ असार मंगलवारमा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी टुंगो लगाउन ‘होमवर्क’मा जुटेका छन् । आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको होमवर्कमा जुटेका हुन् । यस्तै प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्यूरो पनि टुंग्याउनका लागि छलफल गर्नका छन् ।

यी विषयमा छलफल गरेर सहमति जुटाउनका लागि प्रचण्डले मंगलबार बिहानैदेखि नेताहरुसँग अनौपचारिक छलफल गरेका छन् । पदाधिकारीका आकांक्षीलगायतसँग प्रचण्डले अनौपचारिक छलफल गरेका छन् ।

यस्तै प्रचण्डले सहमति जुटाउनकै लागि प्रचण्डले आज बस्ने भनिएको बैठक स्थगित गरेर खुमलटारमा पूर्व स्थायी समितिको बैठक पनि राखेका छन् । उक्त बैठकमा केही केन्द्रीय सदस्य पनि सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘आइतबार र सोमबारको केन्द्रीय समिति बैठकमा बोल्ने कतिपय सदस्यहरुले पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुंगो लगाउनुपर्छ भनेर दबाब दिएका छन् । पार्टीका शीर्ष नेताहरु समेतले जति दिन बैठक लम्बिएपनि लम्बियोस् तर पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउनैपर्छ भन्ने भनेर दबाब दिएका छन्’ एक केन्द्रीय सदस्यले भने,‘केन्द्रीय सदस्यहरु पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउनुपर्छ भन्ने पक्षमा उभिएपछि अध्यक्ष टुंगो लगाउनु पर्छ भन्ने दबाबमा हुनुहुन्छ । परिस्थितिले पदाधिकारी टुंगो लगाउने अवस्थामा पुर्याएको छ ।’

प्रचण्ड पोलिटब्यूरो र स्थायी समिति मात्रै टुंगो लगाएर पदाधिकारी प्रदेश र संघको चुनावपछि मात्रै फाइनल गर्ने पक्षमा थिए । तर पार्टी नेताहरुले जसरी पनि पदाधिकारी टुंगो लगाउनुपर्ने दबाब दिएपछि निकास निकाल्न जुटेका हुन् ।
माओवादीमा विशेषगरी महासचिव टुंगो लगाउने विषय पेचिलो रहेको छ। महासचिवमा नेता जनार्दन शर्मा र वर्षमान पुन प्रमुख दाबेदार रहेका छन् । प्रचण्डले चुनावी प्रक्रियाबाट नभइ सहमतिको आधारमै पदाधिकारीसहितका कमिटी चयन गरिनुपर्ने बताउँदै आएका छन् । गत पुसमा माओवादीको महाधिवेशन सकिएकामा अहिलेसम्म पनि पार्टीका पदाधिकारी चयन हुन नसकेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu