Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीलाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने निर्वाचन आयोगको तयारी

२०७९, २१ असार मंगलवारमा प्रकाशित

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आगामी प्रदेश र संघको चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीलाई भेटेर छलफल गर्न समय मागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आगामी प्रदेश र संघको चुनाव गर्न प्रधानमन्त्रीज्यूसँग समय मागेका छौँ । आज मिलेन । भोलि वा पर्सीसम्म समय मिल्छ होला, थपलियाले रातोपाटीसँग भने, ‘त्यसपछि चुनावका लागि दिन प्रस्ताव गर्नेछौँ ।’ थपलियाले कात्तिक ३० गते वा मंसिरको पहिलो साता मिति प्रस्ताव गर्ने तयारी गरिएको बताए । कात्तिक महिनामा तिहार र छठ भएकाले मंसिर पहिलो साता चुनाव गर्न सुझाव आएको बताइएको छ । सबै सुझाव अध्ययन गरेर आयोगले उपयुक्त दिन चुनावको प्रस्ताव गर्नेछ भने लगत्तै मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

आयोगले प्रदेश र संघको चुनाव एकै चरणमा गर्न सकिने भन्दै सोही अनुसार तयारीमा जुटिसकेको छ । प्रदेश र संघको चुनाव एकै चरणमा गर्दा खर्चपनि कम हुने आयोगको विश्लेषण छ । एकै चरणमा चुनाव गर्नेगरी आयोगले सरकारलाई दबाब दिएको छ । सुरक्षा संयन्त्रले भने दुई चरणमा चुनाव गर्दा सजिलो हुने राय दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu