जोकोभिच सेमिफाइनलमा
एजेन्सी – नोभाक जोकोभिचले पूनरागमन जित निकाल्दै विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा गए राति भएको क्वाटरफाइनलमा साविक विजेतासमेत रहेको जोकोभिचले १०औं वरीयताका इटालीका जानिक सिनरमाथि ३–२ को पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका हुन्।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको सुरुआती दुई सेट गुमाएपनि जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेका हुन् ।
जोकोभिचले सुरुवात दुई सेट ५–७ र २–६ ले गुमाएको थियो । तर त्यसपछि जोकोभिचले बाँकी रहेको सेटमा ६–३, ६–२ र ६–२ को सोझो सेटमा पराजित गर्न सफल भएका हुन् ।
अब जोकोभिचले बेलायतका क्यामरुन नोरीसँग खेल्नेछन् ।