Connect with us
Kapilvast Forest

जिल्ला अस्पतालले पाएन स्वास्थ्य बिमाको एक करोड रकम

२०७९, २३ असार बिहीबारमा प्रकाशित

लमजुङ– जिल्ला अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचार बापत करिब एक करोड रुपैयाँ भुक्तानी नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गरेका व्यक्तिहरूको उपचार गरेबापत ९८ लाख चार हजार दुई सय ५३ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको हो ।

गत आर्थिक वर्षको जेठ महिनाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा नौ हजार सात सय ७६ जनाले जिल्ला अस्पतालमा उपचार सेवा लिएका हुन् । स्वास्थ्य बिमा गरेकाहरूको उपचारमा एक करोड ४२ लाख ४० हजार तीन सय ४९ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । सोमध्ये हालसम्म ४४ लाख ३६ हजार ९५ रुपैयाँ मात्रै पाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । सरकारले अघिल्लो आर्थिक वर्षदेखिनै सामाजिक न्यायमा आधारित स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम सुरुभएसँगै जिल्लामा १४ हजार बढीले स्वास्थ्य बिमा गरेको पाइएको छ । नेपाली नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेसँगै नौ हजार भन्दा बढीले सोही सेवाअन्तर्गत उपचार गराएका हुन् । सरकारको नीति र निर्देशन अनुसार बिमितहरूको उपचार सेवा दिए पनि सम्बन्धित निकायले लामो समयसम्म रकम उपलब्ध नगराउँदा समस्या भएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।

बिमितहरूको उपचार बापतको रकम स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराउनुपर्ने भए पनि पटक पटक पहल गर्दासमेत रकम उपलब्ध नभएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । समयमै रकम उपलब्ध नगराउँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ । सरकारको लोकप्रिय कार्यक्रम भए पनि सम्बन्धित निकाय जिम्मेवार नबन्दा दीर्घकालीन प्रभाव पर्ने अस्पतालको बुझाई छ । गत वर्षबाट मात्रै सुरु भएको यस कार्यक्रमका लागि जिल्लाका ७५ वटै वडा मार्फत जनशक्ति परिचालन गरी स्वास्थ्य बिमा अभियान कार्यान्वयनमा आएको हो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा करिब सात हजार परिवार सहभागी भएको पाइएको छ ।

सरकारले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बिमा नीति वि.सं. २०७१ को दीर्घकालीन लक्ष्य अनुसार कार्यक्रम अघि बढाएको हो । स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप ७०० बिमा रकम तिर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउने छन् ।

त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य २० हजार थप गरी दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था पनि रहेको छ । कुनै पनि परिवारमा पाँच जनाले स्वास्थ्य बिमा गरेका छन् भने पाँचवटै कार्ड तथा परिचय पत्र स्वास्थ्य बिमाले उपलब्ध गराउने छ । उक्त परिचय पत्रको आधारमा नै बिरामी पश्चात् तोकिएको रकम बराबरको सेवा लिन सकिने व्यवस्था छ । स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य बिमा ऐन वि.सं. २०७४ र स्वास्थ्य बिमा नियमावली वि.सं. २०७५ जारी भई कार्यान्वयनको चरणमा रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu