Connect with us
Kapilvast Forest

दुई दशकपछि पुल बनेपछि जोखिमपूर्ण यात्राको अन्त्य

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

पाल्पा- दुई पालिका जोड्ने पुल बनेपछि यहाँका बासिन्दाको दुई दशकदेखिको चाहना पूरा भएको छ । जिल्लाको पूर्वी भेगमा रहेको दुई पालिका निस्दी र पूर्वखोला जोड्ने रेचेघाटमा पुल बनेपछि स्थानीय बासिन्दाको दुई दशकदेखिको पुल बनाएर यात्रा गर्ने चाहना पूरा भएको हो ।

निस्दी गाउँपालिकाको अर्चले र पूर्वखोला गाउँपालिकाको रिङ्नेरह जोड्ने ‘रेचेघाट पुल’को निर्माण कार्य भएपछि यहाँका बासिन्दा हिउँद र वर्षाको समयमा निस्दी खोलाको जोखिम मोलेर यात्रा गर्न नपर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा ‘रेचेघाट’मा मोटरेबल पुल निर्माण भएपछि आफूहरू जुनसुकै एक स्थानबाट अर्को स्थानमा जान आउन सहज भएको स्थानीय बासिन्दाको भनाइ छ ।

रेचेघनटान पुल नहुँदा हिउँद र वर्षामा खोला तरेर आवतजावत गर्नै बाध्यता थियो,’ निस्दी–६, अर्चलेका स्थानीय बासिन्दा होम राइमगरले भन्नुभयो, पुल बनेपछि जतिबेला पनि यात्रा गर्न मिल्ने भयो ।’ पुल नभएका बेला वर्षको करिब तीन महिना यातायात सेवा नै अवरुद्ध हुने गरेको थियो ।

पुल बनेपछि निस्दीको अर्चले, झिरुबास, गल्धा र पूर्वखोलाका रिङ्नेरह, सिलुवाका बासिन्दालाई आवतजावत सहज भएको उहाँले बताउनुभयो । पुलले जिल्ला सदरमुकाम तानसेन, रामपुर, बुटवलसम्मको यात्रा सुरक्षित बनेको निस्दी–६, अर्चलेका वडा अध्यक्ष मेखबहादुर सुनारीले बताउनुभयो । यसअघि मित्यालसहित यस भेगका बासिन्दा निस्दी खोलाको जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था थियो । अब भने जुनसुकै बेला यात्रा गर्न सकिने भयो, सुनारीले भन्नुभयो ।

वि.स. २०७७ असार ३० गते डेढ वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने जय नेपाल कम्पनी विवेक कुमार निर्माण सेवा प्रा. लि. स्याङ्जासँग सम्झौता भएको थियो । पुल निर्माणपछि निर्माण व्यवसायीले भ्याटसहित तीन करोड ८९ लाख छ हजार रुपियाँ पाउने सम्झौतामा उल्लेख थियो । डेढ वर्षभित्र पुल निर्माणको काम सक्ने सम्झौता भए पनि विभिन्न कारणले छ महिना ढिला गरी पुल निर्माणको काम सम्पन्न भएको सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार रेचेघाट पुल दुई स्पानका ४४ मिटर लामो बनेको छ । पुल बनेपछि दुई पालिकाका यात्रुलाई हिउँद र वर्षाको समयमा आवतजावत गर्न सहज भएको छ । निस्दी खोलामा पुल नहुँदा तीन दशकदेखि निस्दी खोलाको हिउँद र वर्षा्मा जोखिम मोलेर यात्रा गरेका यात्रुलाई यात्रा गर्न सहज हुने स्थानीय बासिन्दाको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu