Connect with us
Kapilvast Forest

विद्युत प्राधिकरण परिसरमा ढुङ्गेधारा उत्खनन हुने

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय परिसरमा पूरानो ढुङ्गेधारा उत्खनन् गर्नुपर्ने माग सम्पदा अभियन्ताहरूले राखेका छन् ।

शुक्रबार सम्पदा संरक्षण महाअभियानसँगै समूहकाे नेतृत्व गर्दै बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले सिंहदरबारस्थित पुरातत्व विभागका दामोदर गौतमसमक्ष ज्ञापनपत्र बुझाउनुभएकाे हाे ।

ज्ञापनपत्र बुझ्दै महानिर्देशक गौतमले असार मसान्तपछि उत्खनन गर्न पहल गर्ने बताउनुभएको छ । यस्तै, पर्यटन मन्त्री श्रेष्ठले साे धारा उत्खनन गर्न मन्त्रालयबाट सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

सम्पदा संरक्षण महाअभियानका संयोजक यादवलाल कायस्थले प्राधिकरण परिसरसँगै मुख्य सडकमा राखिएकाे एटीएम काउन्टरपछाडि सो धारा रहेको गाेरखापत्र अनलाइनलाई जानकारी दिनुभयाे ।सम्पदा अभियन्ता शैलेश वरे शाक्यका अनुसार यसअघि नै नेपाल विद्युत प्राधिकरणसँग ज्ञापनपत्र बुझाइसकेकाे छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu