Connect with us
Kapilvast Forest

पहिचान झल्कने गरी प्रदेशको नामाकरण गर्न माग

२०७९, २६ असार आईतवारमा प्रकाशित

काठमाडौं- स्थानीय पहिचानका आधारमा प्रदेश नम्बर १ को नामाकारण गर्नुपर्नेमा सरोकार भएका सङ्घसंस्थाले आग्रह गरेका छन्। प्रदेश नम्बर १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको सन्दर्भमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन्।नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ।

विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन्।

लिम्बूवान किराँत संयुक्त सङ्घर्ष समितिका तर्फबाट आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्नेमा जोड दिएका हुन्।

एमालेसम्बद्ध लोकतान्त्रिक लिम्बू सङ्घका अध्यक्ष त्रिवेणी चोङवाङले प्रदेश नम्बर १ को नाम पहिचानमा आधारित हुनुपर्ने बताउनुभयो।
नेपाली कांग्रेसका नेता उत्तमसिंह थाङदेनले पनि सो कुराको समर्थन गर्नुभयो। उहाँले पहिचानको पक्षमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसमा अहसमति राख्नुपर्ने कुनै कारण नभएको बताउनुभयो।

लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण गणितीय हिसाबले राख्न नहुने बताउनुभयो। नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेश नं १ को नामाकरण निकै जटिल रहेको बताउनुभयो।

प्रदेससभाको गणितले सहजै नामाकरण गर्न सकिने भए पनि समग्र लिम्बूवान किराँतवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको उहाँको भनाइ छ।किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश नम्बर १ को नाम लिम्बूवान किराँत नै हुनुपर्ने मत राख्नुभयो। नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने धारणा राख्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu