Connect with us
Kapilvast Forest

काँग्रेस बैठक : निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश

२०७९, २७ असार सोमबारमा प्रकाशित

नेपाली काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश गरेको हो ।

बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्का र प्रचार समितिका संयोजक डा प्रकाशशरण महतले प्रतिवेदन पेश गरेका हुन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबारे केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनु भएको हो । उनका अनुसार ७ वटै प्रदेशका सभापतिले धारणा राखीसकेका छन् ।

उनले भने छलफलबाट कसरी गठबन्धनलाई अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्छौँ। सरकारको समीक्षाबारे पनि साथीहरूले कुरा उठाउनु होला । भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी छ। पार्टीका विभागहरु गठनको काम पनि भइरहेको छ।

यस्तै बैठकमा भ्रातृ र शुभेच्छुक संस्था थपको बारेमा पनि छलफल हुने प्रवक्ता महतले बताए । नेता एनपी साउद नेतृत्वको समितिको सुझावका आधारमा बैठकमा छलफल हुने उनले बताउनु भयो ।

यसअघि पदाधिकारीको बैठकले भ्रातृ र शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेको थियो । यस्तै बैठकमा स्थानीय तहको निर्वाचनका बारेमा समीक्षा हुने र आगामी संघीय र प्रदेशको निर्वाचनको रणनीति तय गरिने उनले बताए ।

उनका अनुसार बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले चुनावको अनुभव सुनाएका थिए ।बैठकमा नेताहरुले कतिपय ठाउँमा गठबन्धन सफल भएपनि कतिपय ठाउँमा भने असफल भएको उल्लेख गरेको प्रवक्ता महतले भन्नु भयो ।

यस्तै बैठकमा सरकार एक वर्ष पुगेको विषयमा पनि समिक्षा हुने उनले बताए । यस्तै बैठकमा भ्रातृ संगठनहरुलाई गतिशीलता र पूर्णता दिने विषयमा पनि छलफल हुने छ । यस्तै संवैधानिक परिषद्को समस्या समाधान गर्न उपसभामुखको निर्वाचनका विषयमा पनि छलफल हुने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu