Connect with us
Kapilvast Forest

तौवाबद्वारा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिने घोषणा

२०७९, २८ असार मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु- नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि अब्दुल तौवाब खानले आगामी प्रदेश सभा(विधायक)को निर्वाचनमा उम्मेदवारी दिने बताउनु भएको छ । कपिलवस्तु क्षेत्र नं ३(क) बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

२०४६ साल देखि नेपाली काँग्रेसको सक्रिय राजनीति गर्दै तौवाबले पत्रकारहरुसग कुराकानी गर्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने बताउनु भयो ।

नेपाली कांगे्रसको नेतृत्वमा हुने विभिन्न आन्दोलनमा सक्रिय सहभागी जनाउदै आएका खानले टिकटको दावी गरेसगै कार्यकर्तामा खुसी छाएको छ ।

२०४८ सालमा तरुण दलको क्षेत्रीय सचिव समेत रहेका तौवाब पुरानो कांग्रेस मानिनु हुन्छ । आफुले गरेको योगदान अनुसार प्रदेश सभाको टिकट पाउनु पर्ने उहाले दाबी गर्नु भयो ।
विगतको चुनावमा कपिलवस्तुको सबै स्थानीय तहमा सहयोग गरि कांग्रेसको उम्मेदवारलाई जिताउन सहयोग गरेकोले आफु प्रदेश सभाको उम्मेदवारी दिने बलियो उम्मेदवार रहेको बताउनु भयो ।
तौवाबले गरिब दुखिको सहयोग गर्दै आउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu