Connect with us
Kapilvast Forest

गठबन्धन सफल: कमजोरी सुधार्नुपर्छ

२०७९, २८ असार मंगलवारमा प्रकाशित

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पहिलो दिन स्थानीय तह निर्वाचनको समीक्षा भईरहेको छ ।

उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

प्रवक्ता डा. महतका अनुसार बैठकमा जिल्लागत समीक्षा गर्दै केन्द्रीय सदस्यहरूले स्थानीय तहको निर्वाचनमा कांग्रेसले उपलब्धि हासिल गरेकोबताउनुभयो।उहाँहरूले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा भएको चुनावी तालमेल सफल भएको बताए ।

केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले बैठकमा नेताहरूले राखेको भनाइ उद्धृत गर्दै भन्नुभयो स्थानीय निर्वाचनमा गठबन्धन सफल भयो तर केही स्थानमा केही कमजोरी भएका छन् । ती कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेमा केन्द्रीय सदस्यहरूले जोड दिनुभएको छ ।

उहाँका अनुसार केन्द्रीय सदस्यहरूले सरकारको समीक्षा र समसामयिक राजनीतिक विषयसँगै कांग्रेसको १४औँ महाधिवेशनपछि गर्ने भनिएको नीति तथा विधान अधिवेशन भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्स्थाको परिमार्जित विधानलाई पूर्णता दिने विषयमा पनि धारणा ब्याक्त गर्नुभयो ।

आन्तरिक एकता र साङ्गठनिक संरचनामा सुधार गरी आगामी निर्वाचनमा कांग्रेस एक्लै जान सक्ने आधार तयार गर्नुपर्नेमा नेताहरूको जोड रहेको उहाँले बताए।

उपसभामुख नियुक्ति चाँडै
प्रवक्ता डा. महतले प्रतिनिधि सभाका उपसभामुखको नियुक्ति चाँडै हुने बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले संवैधानिक परिषद्को बैठकको असजिलो अन्त्य गर्न उपसभामुख नियुक्ति चाँडै हुने बताउनुभयो ।उहाँले अब कांग्रेस आगामी निर्वाचनमा केन्द्रित हुने जानकारी गर्नु भयो ।

उहाँले विभागका प्रमुख चयन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले परामर्श गरिरहनुभएको र तयारी अन्तिम चरणमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थालाई गतिशील बनाइने छ, पूर्णता दिइने छ । पार्टीलाई गतिशील बनाउने विषयमा कुरा उठेको छ । यस विषयमा सभापतिजी गम्भीर हुनुहुन्छ ।

बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला पन्त, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल र दिनेश कोइरालाले बोल्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu