Connect with us
Kapilvast Forest

मृतकको परिवारलाई बीमा वापतको पाँच लाख हस्तान्तरण

२०७९, २८ असार मंगलवारमा प्रकाशित

तम्घास- जेसिबीले पल्टाएको ढुङ्गाले लागेका मृतक गगन रायमाझीका बुबा हरिबहादुर रायमाझीलाई निर्माण व्यवसायीका प्रतिनिधि डोलबहादुर कुँवरले पाँच लाख रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।

जेठ २६ गते विद्यालय हिँडेका मुसिकोट नगरपालिका वडा नम्वर २ का १४ वर्षीय रायमाझीको बाटो खनिरहेको जेसिबीले पल्टाएको ढुङ्गा लागेर ज्यान मृत्यु भएको थियो ।

उक्त रकम मङ्गलबार जिल्ला प्रशासन कार्यालय गुल्मीको रोहवरमा पीडितका बुवालाई हस्तान्तरण गरिएको हो । मुसिकोट नगरपालिका ३ ठुलापोखरामा बाटो निर्माणको जिम्मा पाएको सूर्य कन्ट्रक्सन सुर्खेतले बोमबहादुर भाटलाई पेटी ठेक्का दिईएको थियो ।

भाट र जेसीवी चालक जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा रहेका छन् । चालक १८ वर्षभन्दा मुनिको भएकाले चालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । चालकले लाइसेन्स विना नै जेसीबी चलाएको हुन् ।

अदालतमा थुनछेक बहसका लागि फाइल पेस गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।पछिल्लो समय गुल्मीमा निर्माण व्यवसायीहरुले कम उमेरका किशोरहरुलाई विना लाइसेन्स सवारी चलाउन दिने गरेको पाइएकाले सचेतनाका कार्यक्रम र निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताउनु भयो ।

पहिले सचेतनाका कार्यक्रमहरु गर्ने र सुधार नभएमा कानुन अनुसारको कारवाही गर्ने उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu