Connect with us
Kapilvast Forest

नगरप्रमुख र जनताको श्रमदानबाट पकुवा खोलाको पानी धरानका घरघरमा

२०७९, २८ असार मंगलवारमा प्रकाशित

धरान- धरानका नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ।धरानको मुख्य समस्या नै खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको प्रमुख चुनावी एजेण्डा खानेपानी समस्या समाधान गर्ने भने पनि समाधान गर्न भने सक्नु भएको थिएनन्।

नवनिर्वाचित नगरप्रमुख हर्कराज राईको प्रमुख चुनावी एजेण्डा पनि खानेपानीकाे समस्या समाधान नै थियो। उहाँले सप्तकोशीबाट पानी नल्याएसम्म धरानको खानेपानी समस्या समाधान नहुने भन्दै चुनावको बेलामा सप्तकोशीको पानी ल्याउने प्रतिबद्धता गर्दै विजयी भएका थिए।

नगर प्रमुख राईले सप्तकोशीको पानी नल्याइन्जेलसम्म धरान वरपरका खोलाबाट अल्पकालीन समयको लागि खानेपानी ल्याउने योजना बनाउनु भएको थियो । सोहीअनुसार धरान २० मा रहेको पकुवा खोलाको पानी नगरप्रमुख राईको नेतृत्व र धराने जनताको श्रमदानमा दुई वटा ट्याङ्की बनाएर पानी ल्याइएको हो।

पकुवाबाट खानेपानी आपूर्ति गर्न प्रमुख राई इञ्जिनियरसहित प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरेर यो योजना ल्याएको हुन् । प्रमुख राईले पकुवाको पानी ल्याउनका लागि निर्माणकार्यमा आफैंले श्रमदानगर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu