Connect with us
Kapilvast Forest

उपेन्द्र यादवले भने : काठमाडौंको बैठक अवैधानिक हो

२०७९, २९ असार बुधबारमा प्रकाशित

वीरगञ्ज – जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष डा. बाबुराम भट्टराईको समूहले गरेको बैठक अवैधानिक भएको बताएका छन् ।

मधेश प्रदेशको वीरगञ्जमा जारी जसपा नेपालका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधानले संघीय परिषद् अध्यक्षलाई केन्द्रीय समितिको बैठक बोलाउने अधिकार नदिइएको बताए । न्युनतम राजनीतिक संस्कार र संस्कृति पनि नभएका व्यक्तिहरूले काठमाडौंमा सानो गुटको भेला गरेको बताउँदै यादवले गुटको भेलालाई जसपाको ब्यानर प्रयोग गर्ने अधिकार नभएको टिप्पणी गरे ।

यादवले भट्टराईसहितको समूहलाई फर्कन पनि आग्रह गरे । भने, ‘अझै पनि म भन्छु फर्किनुस्, भेला इत्यादि छाडेर धेरै साथीहरूलाई पार्टीमा फर्किन म आह्वान गर्छु । पार्टी विधान विधि र अनुशासनले चल्छ । त्यो पालना गर्दै अघि बढ्नुपर्छ ।’

जसपालाई क्षेत्रीयतावादी, जातीयतावादीको आरोप लगाई डा. भट्टराई पार्टीबाट अलग भएको भन्दै यादवले त्यो आरोप नश्लवादी चिन्तन भएको टिप्पणी गरे । डा. भट्टराईले माओवादीमा हुँदादेखि नै हस्ताक्षर संकलन गरेर नेतृत्व परिवर्तन गर्ने चेष्टा गर्ने गरेको भन्दै उनले जसपामा पनि त्यही प्रवृत्ति दोहोर्‍याउन खोजेको बताए ।

उनले बाबुरामलाई अस्थिर भएको आरोप लगाउँदै भने, ‘अस्थिर मानसिकताले पार्टी र शक्ति निर्माण हुन सक्दैन । भाषण गरेर समृद्धि आउँदैन। विकास गर्नका लागि सबैभन्दा पहिला परिवर्तन गर्नुपर्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu