Connect with us
Kapilvast Forest

नेपालमा अहिले कोही पनि स्वतन्त्र छैनः प्रचण्ड

२०७९, ३० असार बिहीबारमा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष प्रचण्डले अहलिेको जमानामा स्वतन्त्र कोही पनि नहुने तर्क गरेका हुन् । ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा,’ उनले भने, ‘अगाडि बढ्ने कि पछाडि फर्कने हो ? योभन्दा अरु बाटो अहिले म नेपालमा देख्दिनँ ।’

कार्यक्रममा उनले श्रमजिवीहरूले विज्ञान प्रविधिको प्रयोग गरेर कसरी लड्न सकिन्छ भनेर काम गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो समाजको चेतना वैज्ञानिक कुरालाई अनुसरण गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘विज्ञानलाई विश्व दृष्टिकोणको रुपमा स्वीकार्दै जानुपर्छ र नेतृत्वले यसको लागि संघर्ष गरिरहनुपर्छ ।’

विचारलाई भौतिक शक्तिमा रुपान्तरण गर्ने कुरा विज्ञानसँग नै सम्बन्धित हुने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu