Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पम्पसेटमा परी एक महिलाको मृत्यु

२०७९, ३० असार बिहीबारमा प्रकाशित

कपिलवस्तुमा पम्पसेट मेशिनमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका ८ बिसनपुर बस्ने महमद जोलाहा अन्सारीको ७७ बर्षकी श्रीमती मजबुन निसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

आज दिउँसो करिब पौने २ बजेको समयमा बारीमा जडान गरेको जमिनबाट पानी निकाल्ने पम्पसेट मेशिन चलाई नुहाउने क्रममा अचानक मेशिनमा पर्न गई मृत्यु भएको प्रहरीले बताए ।

सो घटनाको अनुसन्धान कार्य भईरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj