Connect with us
Kapilvast Forest

औषधिको मूल्य समायोजन गर्नु भनेको मूल्यवृद्धि हुने होइनः महानिर्देशक भट्टराई

२०७९, २ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- औषधि व्यवस्था विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि औषधिको मूल्य समायोजन हुन नसकेको भन्दै विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको विभागका महानिर्देशक भरत भट्टराईले बताउनुभयो ।

महानिर्देशक भट्टराईले औषधिको मूल्य समायोजनका लागि विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फाइल पठाएको जानकारी दिनुभयो । विभागका सूचना अधिकृत सन्तोष केसीले विभगाले पठाएको फाइलबारे मन्त्रिपरिषदबाट निर्णय भएमा औषधिको मूल्य समायोजन हुने बाटो खुल्ने बताए ।

उहाँले भन्नुभयो, औषधिको मूल्य समायोजनको फाइललाई मन्त्रालयले कार्यविधी बनाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषदबाट निर्णय भएको खण्डमा औषधिको मूल्य समायोजन हुने बाटो खुल्छ ।

विभागका अनुसार करिब सातवर्ष यता कुनै पनि औषधिको मूल्य समायोजन गरिएको छैन । सरकारले यसभन्दा अघि २०६४ सालमा २२ प्रकारका औषधि र २०७३ सालमा ९६ प्रकारका औषधिको मूल्य तोकेको भट्टराईको भनाइ छ ।

तर, बजारमा अत्यावश्यक सिटोमोल र जीवनजलको मूल्य वृद्धि हुन लाग्यो भन्दै धेरैले विरोध गर्दैआएका छन् । औषधि समायोजनका क्रममा औषधिको मूल्य बढ्ने मात्र नभई धेरै औषधिको मूल्य घटने भट्टराइले बताउनु भयो ।

औषधिको मूल्य समायोजन हुँदा बजारमा चलेको हल्लाभन्दा फरक ८० प्रतिशत औषधिको मूल्य घट्ने र २० प्रतिशत औषधिको मूल्य मात्र बढ्ने भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो धेरैले मूल्य समायोजन भनेको मूल्यवृद्धि हो भन्ने बुझेका छन्, मूल्य समायोजनले ८० प्रतिशत औषधिको मूल्य घट्ने सम्भावना छ भने २० प्रतिशतको मात्रै मूल्यवृद्धि हुन्छ ।

उहाँले थप्नुभयो, पछिल्लो सयम औषधिको मुल्यमा अन्तर्राष्ट्रिय बजार घटबढ् भएको छ । अन्तर्राष्ट्रिय बजारमा दैनिक रुपमा उपभोग गर्दैआएका क्यान्सर, मधुमेहलगायतका रोगका औषधिको मूल्य घटेको छ । हाम्रोमा मूल्य समायोजन नभएर घटाउन सकिएको छैन । त्यसैले औषधिको मुल्य समायोजन गर्न आवश्यक छ ।

नेपाली बजारमा एउटै कम्पनीका औषधिका मूल्य भिन्नाभिन्नै रहेको छ, औषधिको मूल्यमा एकरुपता ल्याउन समायोजन अतिआवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा स्वदेशी औषधि उत्पादक कम्पनीले सस्तो दरमा औषधि उत्पादन गर्न नसक्ने अवस्था सिर्जना हुने भएकाले समायोजन आवश्यक भएको सरोकारवाला निकाय बताउँछन् ।

वर्षौंदेखि जीवनजललगायतका औषधिको मूल्य नबढेकाले केही कम्पनीले जीवनजल उत्पादन गर्दा घाटा भएको भन्दै नेपाल औषधि उत्पादक सङ्घले औषधिको समायोजन गर्ने माग गर्दैआएको छ ।

भारतलगायत अन्य देशमा औषधिको मूल्य हरेक ६–६ महिनामा समायोजन गरिने उहाँको भनाइ छ । पछिल्लो समय औषधि आयात गर्ने र स्वेदशमै उत्पादन गर्नेहरु पनि औषधिको मूल्य समायोजनको पक्षमा रहेको उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको रिफ्रेन्स मूल्यलाई आधार मानेर मूल्य नवीकरण गर्दैआएको उहाँले जानकारी दिनुभयो । विदेशबाट आयात हुने औषधिको मूल्य कन्ट्री अफ ओरिजिन र खुद्रा मूल्यका आधारमा समायोजन गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभागले मूल्य निर्धारण नगरिएका औषधिको कम्पनी र ब्रान्डका आधारमा मूल्य तोक्ने गर्छ । यस्तै, नेपालमा उत्पादन हुने अनि विदेशमा उत्पादन हुने औषधिको मूल्य पनि ब्रान्डका आधारमा निर्धारण गरिन्छ ।

विभागले दर्ता भएका ११ हजार आठसय १२ प्रकृतिका औषधिमध्ये जम्मा एकसय १७ प्रकृतिका औषधिको मात्रै मुल्य निर्धारण गरेको छ । औषधि परामर्श परिषद् औषधि सल्लाहकार समिति गठन नियमावली २०७० मा औषधि परामर्श परिषद् गठन गरी औषधिको मूल्य निर्धारण गर्ने जिम्मेवारी दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu