Connect with us
Kapilvast Forest

अर्थका प्राविधिकले फुटेज छैन भनेपछि समितिले मगायो सफ्टवेयर

२०७९, २ श्रावण सोमबारमा प्रकाशित

संसदीय छानबिन समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाएको छ।समितिको सिंहदरबारमा बस्ने बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको समितिका एक सांसदले बताए।आइतबार समितिको टोली अर्थ मन्त्रालय जाँदा अर्थका प्राविधिकहरूले फुटेज नभएको जानकारी दिएका थिए।

अर्थका प्राविधिकले पटक-पटक हामीसँग क्षमता छैन भन्नेबाहेक केही जवाफ दिएनन्। उनीहरूले केही जवाफ नदिएपछि हामीले सफ्टवेयर मगाएका हौं ती सांसदले भने अहिलेसम्म डिलिट गरिसके अथवा नदिएका हुन् भनेर हामीले हेर्दैछौं। १२ देखि १५ दिनभन्दा धेरै समयको फुटेज राख्ने क्षमता छैन भनेर समेत भनेका छन्।

गृह मन्त्रालयको नियमावलीमा तीन महिनासम्म सिसिटिभी फुटेज राख्नुपर्ने प्रावधान भए पनि अर्थले त्यस अनुसार राख्ने नगरेको समितिका अर्का एक सांसदले बताए।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको समितिले आइतबार छलफल गरेको हो। यसैबीच समितिले शनिबारदेखि अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरू गरेको छ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

यो पनि:
न सिसिटिभी फुटेज भेटियो, न कुनै कर्मचारीले बजेट निर्माणमा असम्बन्धित मान्छे आएको स्वीकारे´

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu