Connect with us
Kapilvast Forest

हुम्लामा: ४५ प्रतिशत मात्र पुुँजीगत खर्च

२०७९, ३ श्रावण मंगलवारमा प्रकाशित

हुुम्ला- राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८-०७९ मा पुँजीगत (बिकासे) खर्च ४५ प्रतिशत मात्र भएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुुँजीगत खर्च हालसम्म कै कम भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएकाे छ ।

कार्यालयका प्रमुख निराजन उपाध्यायले जिल्लाका पुुँजीगत खर्च ४५.३५ प्रतिशत मात्र खर्च भएको बताउनुुभयो । उहाँले संघीय सरकार अन्र्तगतका बिकासे कार्यालयहरुले कुुल जिल्लाको पुुँजीगत बजेट ५५ करोड बिनियोजित भएको मध्य २५ करोड मात्र खर्च भएको बताउनुुभयो ।

यसमा तीस करोड बजेट फिर्ता जाने भएको छ । कुुल बिनियोजित बजेट मध्यको ४६ करोड बजेट हिल्सा सिमकोट सडक आयोजनाको मात्र रहेकोमा सो आयोजनाले १७ करोड ६६ लाख मात्र खर्च गर्न सकेको छ । आयोजनाको २८ करोड १७ लाख बजेट खर्च हुन सकेको छैन् ।

खर्च हुन नसकेको मध्य अधिकाँस बजेट उक्त आयोजनाको मात्र रहेको बताउनुुभयो । आयोजनाले यसरी बिकास बजेट खर्च हुन नसक्नुुमा निर्माण कम्पनीले समयमै काम नगर्नुु, बहुुबर्षीय योजना हुन, हवाई मार्गबाट निर्माण सामाग्री ढुवाँनी गर्न समस्या हुुनुु जस्ता कारण रहेको जनाएको छ ।

बाँकी एक करोड ८३ लाख अन्य बिकासे कार्यालयहरुको रकम खर्च हुुन सकेको छैन् । प्रमुख उपाध्यायले अब यो बजेट फिर्ता जाने बताउनुुभयो । जानकारहरुका अनुुसार जिल्लाको पुँजीगत बित्तिय प्रगति सबै भन्दा कम खर्चको पो पहिलो पटक हो । यसअघि ६० देखि ७० प्रतिशत खर्च हुने गरेको थियो ।

यता चालुुतर्फ भने कुन बिनियोजित बजेट तीन अर्ब २८ करोड मध्य तीन अर्ब एक करोड खर्च भएको छ । यसमा पनि २७ करोड बजेट फिर्ता गएको पाईएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu