Connect with us
Kapilvast Forest

डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु

२०७९, ३ श्रावण मंगलवारमा प्रकाशित

दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले कर्णाली नदी छेउमा कर्णाली कोटछाल लिफ्टिगं सिँचाई आयोजनाले निर्माण गरेको ट्याङ्कीमा डुबेर उनीहरुको ज्यान गएको जानकारी दिनु भयो ।

मृतक दुवैको पोष्टमार्टमका लागि दुल्लु अस्पताल दैलेखमा राखिएको छ । स्थानीयले ट्याङ्की निर्माण गर्ने ठेकेदारको लापरवाहीको कारण उनीहरुको ज्यान गएको आरोप लगाउनु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj