Connect with us
Kapilvast Forest

खार्पुनाथमा कुपोषित बालबालिका

२०७९, ३ श्रावण मंगलवारमा प्रकाशित

हुम्ला- पूर्ण खोपयुक्त खार्पुनाथ गाउँपालिकामा कुपोषित बालबालिका फेला परेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले बस्तीमा पुगेर बालबालिकाको पोषण अवस्था अध्ययन गर्दा कुपोषित बालबालिका भेटिएको  हुन् ।

२०७४ सालमा सो गाउँपालिकाका सबै वडा पूर्ण खोपयुक्त घोषित भएका थिए । पूर्ण खोपयुक्त घोषणा भएपछि साबिकका गाउँ विकास समितिले ६० हजारदेखि एक लाख रुपियाँसम्म पुरस्कार पाएका थिए ।

स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले पूर्ण खोपयुक्त भए पनि बालबालिकामा कुपोषण देखिन सक्ने बताउनुभयो । उमेरअनुसार खानाको व्यवस्था हुन नसक्नु, बच्चाको चाहनाअनुसार खानेकुराको व्यवस्था नहुनु, आमाले बच्चा छिटो पाउनु, पोषणयुक्त भिटामिन पाउने खानेकुराको व्यवस्था हुन नसक्नुका कारण बालबालिकामा कुपोषण देखिएको बताइन्छ ।

खार्पुनाथ–३ राया स्वास्थ्य चौकीका प्रमुख वीरसिंह रावलले वडाभरिका बस्तीमा पाँच वर्षमुनिका १३० जना बालबालिकाको पोषणको अवस्था लेखाजोखा गर्दा चार जनामा कुपोषण देखिएको जानकारी दिनुभयो । उहाँले पहिलो पटक पोषणको लेखाजोखा गरिएको जानकारी दिँदै अभिभावकले पोषणयुक्त खानेकुरामा ध्यान दिन नसक्दा बालबालिकामा कुपोषण देखिएको बताउनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बलीराज शाहीले पाँचवटै वडाका १६ वटा स्वास्थ्य संस्थाले २२ वटा बस्तीमा स्वास्थ्यकर्मी पुगेर पाँच वर्षमुनिका बालबालिकाको पोषणको अवस्था लेखाजोखा गर्दा ९१ जना बालबालिका कुपोषित पाइएको जानकारी दिनुभयो ।

सोही क्रममा कुल पाँच वर्षमुनिका ८०७ जना बालबालिकाको पोषणको अवस्था लेखाजोखा गरिएको थियो । कुपोषितमध्ये २० जना बालबालिकामा शीघ्र कुपोषण देखिएको र ७१ जना बालबालिकामा मध्यम खाले कुपोषण देखिएको छ ।

यसबाट खार्पुनाथमा मात्र ११.२७ प्रतिशत बालबालिका कुपोषित देखिएका छन् । अब बर्सेनि रूपमा खार्पुनाथ गाउँपालिकाले पोषणको अवस्थाको लेखाजोखा गर्ने भएको छ ।

पहिले पोषणका कार्यक्रम युनिसेफ र जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गरेको थियो । यद्यपि, लिटो वितरणका कार्यक्रम भए पनि गाउँपालिका गठन भएपछि पोषण कार्यक्रम सञ्चालन गरिएको छैन ।

उहाँले अब कुपोषित देखिएका बालबालिकाका घरघरमा स्वास्थ्यकर्मी गएर अभिभावकलाई सहजीकरण गर्ने काम तत्काल सुरु गर्ने र पोषिला खानेकुरा पनि निःशुल्क वितरण गर्ने बताउनुभयो । अन्य छवटा गाउँपालिकामा हालसम्म बालबालिकाको कुपोषणको अवस्था भने पत्ता लागेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu