Connect with us
Kapilvast Forest

पोखराको सुइँखेत डुबानमा : १५० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

२०७९, ४ श्रावण बुधबारमा प्रकाशित

पोखरा- मँगलबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका हुन् ।
पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले बताउनु भयो । तर त्यसबारे यकिन विवरण भने नआइसकेको उनले जानकारी दिए ।

वडाध्यक्ष तिमिल्सिनाका अनुसार पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । यो बस्तीमा करिब ढेडसयभन्दा बढी घर छन् ।

ती सबै डुबानमा परेका छन् उनले भने टोलबासीहरूलाई उद्धार गरिएको छ । उनीहरुको कोही आफन्तकोमा गएका छन्, भने कोहीलाई मन्दिरमा राखिएको छ ।

पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् । ‘घर बगाएको छ । फार्महरु बगाएको छ । बाख्रा बगाएको छ । अन्य मानवीय क्षति हुन पाएन । तर भौतिक क्षति धेरै भएको छ उनले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj