Connect with us
Kapilvast Forest

ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते

२०७९, ६ श्रावण शुक्रबारमा प्रकाशित

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा ना ७ त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका सोनाम राई घाइते भएका हुन् ।

प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ बजारबाट सिमेन्ट लगायतका निर्माण सामग्री लिएर जाँदैगरेको ट्रयाक्टर फुरुम्बुको ओठे क्षेत्रमा बिहीबार साँझ दुर्घटना भएको हो । ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते हुनुभएका चालक राईको जिल्ला अस्पतालमा उपचार भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । प्रनाउ राईका अनुसार चालक राईको आँखालगायत शरीरको केही भागमा चोट लागेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu