Connect with us
Kapilvast Forest

परिवर्तनको मुख्य बाहक माओवादी : अध्यक्ष दाहाल

२०७९, ६ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको मुख्य बाहक शक्ति माओवादी भएको दाबी गर्नुभयो।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै उहाँले मधेस प्रदेशका पर्सा लगायतका जिल्लामा माओवादी पार्टीबारे भ्रम छर्ने कोसिस भएपनि परिपक्व राजनीतिज्ञले सो कुरा स्वीकार गरेको बताए ।

उहाँले भन्नुभयो जनयुद्धको तयारी मधेशबाटै गरेको छ। शान्ति, सम्झौतामा आएपछि मधेसी जनताको हक, अधिकार र पहिचानको कुरा व्यापक रुपमा फैलिएको थियो। माओवादीबारे भ्रम छर्ने कोसिस भयो। तर, सबै हण्डर, ठक्कर खाएका परिपक्व राजनीतिज्ञले विस्तारै–विस्तारै यो बुझ्नुभयो। परिवर्तनको मुख्य बाहक माओवादी नै हो।

उहाँले पार्टी प्रवेशीको आस्थामा नेतृत्वको हिसाबले कही, कतै कमी आउन नदिइने बताउनुभयो। पार्टी प्रवेश सामान्य कुरा मात्रै नभएको र यसले सिंगो देशभरी बलियो सन्देश प्रवाह भएको उहाँको आफ्नो भनाई ब्याक्क्त गर्नु भयो ।

अध्यक्ष दाहालले आदिवासी जनजाति, मधेसी, दलित, महिला सबैको हक, अधिकार राष्ट्रिय रुपमा स्थापित गर्न माओवादी पार्टी मधेशमा पुर्नस्थापित हुनुपर्ने जानकारी दिनु भयो ।

अधिकार स्थापित गराउने र आउने निर्वाचनमा देशको बागडोर माओवादीको हातमा लिन कसैले रोक्ने छैन भन्ने सन्देश प्रवाह भएको छ उहाँले भन्नुभयो। माओवादी बलियो नभए संघीय लोकतन्त्र बलियो नहुने उहाँले भन्नु भयो ।

उहाँले राजनीति सम्भावनाको खेल रहेकोले परिवर्तन, जनताको पहिचान र अधिकारलाई स्थापित गर्न हिजो जुनसुकै पार्टीमा रहेपनि सबैले आ-आफ्नो ढंगबाट संघर्ष भएको उल्लेख भएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu