Connect with us
Kapilvast Forest

पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ गर्ने छैनौं : ओली

२०७९, ७ श्रावण शनिबारमा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका छन्।पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको भन्दै उनले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताए ।

पुष्पलालले गरेको संगठन विभिन्न उत्तरचढाव हुदै गंगालालको विरासत, बलिदान, प्रजा परिषदको परिणाम, प्रजा परिषदले देखाएको चेतनाको झिल्को, १९९८ सालमा गठन गरिएको प्रजातान्त्रिक संघको गठन हुदै आज देशको सबैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सबैभन्दा सवल शक्ति यो पार्टी नेकपा एमाले भएको छ ।

ओलीले भने यस पार्टीको अध्यक्षको हैसियतले म भन्छु पुष्पलाल र अरू सहिदहरूले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ गर्ने छैनौं।
उनले नेपाली समाजलाई सम्बृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्ने संकल्प समेत गरे।

उनले विगतदेखि नै सत्ता स्वार्थका लागि नेपाली कांग्रेसले आफ्नै पार्टीका योद्धाहरू मारिँदा समेत सहिद स्वीकार्न र उचित सम्मान गर्न नसकेको भन्दै कटाक्ष गरे।

उनले सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको आरोप लगाउदै भने मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो। त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन।

उनले भिमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा कांग्रेसको आङ सिरिङ्ङ हुने भन्दै दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी पनि कांग्रेसले नलिएको सुनाए।

दुर्गानन्द झालाई राजामाथि बम हानेको भनेर फाँसी दिइएको थियो। तर कांग्रेसले त्यसको ओनरसीप लिएन। दुर्गानन्दलाई सहिद मानेनन् ओलीको भनाइ छ।

त्यसक्रममा ओलीले पुष्पलालको जीवनको चर्चा गर्दै नेपालको राजनीतिक सामाजिक र आर्थिक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए। पुष्पलालको २०३५ सालमा भारत निर्वासनकै क्रममा विरामीपछि निधन भएको थियो।

उनको शव तत्कालिन पञ्चायत शासकले नेपाल ल्याउन प्रतिवन्ध लगाएपछि भारतमै दाहसंस्कार गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu